२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

‘सगरमाथा म्युजिक अवार्ड २०८२’ को मनोनयन सार्वजनिक

बुधवार, चैत्र ४ २०८२१०:३३

सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको अवार्डमा २४ विद्याका लागि छनौट भएका उत्कृष्ट ५ सार्वजनिक भएको हो।

जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ। अवार्डमा चलचित्र, पप–आधुनिक र लोक तथा दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिएका छन्।
 
सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ मा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याएका  एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए।अवार्डमा मनोनयनमा परेका कलाकर्मीलाई खल्तीबाट भोट गर्न सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij