२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

नेपालमाथि वेस्ट इन्डिजको जित

बुधवार, आश्विन १५ २०८२०८:०२

यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । नेपाललाई वेस्ट इन्डिजले १० विकेटले हराएको हो ।

नेपालले दिएको १२३ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाए भने अकिम अगस्टेले अविजित ४१ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४  र कुशल मल्लले १२ रन बनाए ।

सुरुवात राम्रो गरेर पावरप्लेमा ३७-० को अवस्थामा रहेको भएपनि नेपालले त्यसपछि थप ९० रन पनि नजोड्दा सबै विकेट गुमायो ।

वेस्ट इन्डिजका लागि रामोन सिमोन्ड्सले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । जेदिया ब्लेड्सले २ तथा जेसन होल्डर र कप्तान अकिल होसेनले एक-एक विकेट हात पारे ।

नेपालले लगातार दुई जित निकालेर शृंखला यसअघि नै आफ्नो नाममा गरिसकेको छ । आजको खेलमा भने वेस्ट इन्डिज पूर्णरूपा हावी बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij