काठमाडौं । रोहितकुमार पौडेलको अर्धशतकको मद्दतमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली ओमानलाई २६४ रनको लक्ष्य दिएको छ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६३ रन बनाएको हो।
नेपालका लागि रोहितले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरे। करण केसी र अर्जुन कुमालले समान ४० रन बनाउँदा इशान पाण्डे र बसिर अहमदले समान ३७ रनको योगदान दिए।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २२ र सन्दीप जोराले १० रन बनाए।
ओमानका शाह फैसल, सकिल अहमद र करण सोनावालेले समान दुई–दुई विकेट लिए भने हसनैन शाहले एक विकेट हात पारे।
प्रतिक्रिया दिनुहोस