२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी यात्रु बाहिरिए

मंगलवार, आश्विन २७ २०८३०९:३७

बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन गाउँ फर्किन थालेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएका छन्।
तीमध्ये नागढुङ्गा नाकाबाट २७ हजार ६४९, भक्तपुर नाकाबाट २० हजार ६१५ र फर्पिङ नाकाबाट ५ हजार ५१० यात्रु बाहिरिएका छन्। अन्य नाकाबाट पनि हजारौँ यात्रु बाहिरिएका छन्।
यात्रुको चाप बढेसँगै सार्वजनिक यातायात व्यवस्थापनमा चुनौती थपिएको यातायात व्यवसायीले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिएका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न र राजधानी फर्किन समस्या भएको बताए।
असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएकाले व्यवस्थापनमा थप समस्या भएको उनले बताए।
महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij