२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

नेपाल वायुसेवा निगमलाई पूर्ण स्वायत्त रूपमा काम गर्न दिनुपर्छ : पर्यटनमन्त्री पौडेल

मंगलवार, आश्विन २० २०८३०७:२७

नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम गर्न दिनुपर्ने धारणा व्यक्त गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा राजनीतिक हस्तक्षेपका कारण निगम धराशायी बन्दै गएको जानकारी दिए।

सांसदले निगमले भोग्नुपरेका चुनौती र समाधानका पक्षमा आआफ्नो सुझाव र जिज्ञासा राखेका थिए। निगमका बारेमा राखेको जिज्ञासाबारे मन्त्री पौडेलले जानकारी दिएका थिए। मन्त्री पौडेलले वर्तमान सरकारले निगमलाई पूर्ण रुपमा स्वायत्तताका साथ काम गर्न दिएको र निर्णय प्रक्रियामा पूर्ण स्वतन्त्रता दिएको प्रष्ट पारे।

‘स्वायत्तता पाउँदा कर्मचारीहरुले नतिजा दिन सक्छन्’, उनले भने। निगमको नाफा घाटा मात्रै नभई राष्ट्रिय सम्मानको विषय भएकाले ऐतिहासिक साँख जोगाउनु राज्यको दायित्व रहेको बताए। बैठकमा समितिका सभापति सुम्नीमा उदासले छलफल पश्चात निर्देशनात्मक सुझाव दिइने र त्यसैअनुसार निगमको व्यवस्थापकले कार्य सम्पादन गर्नुपर्ने प्रष्ट पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij