२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

लघु चलचित्र " नेपाली विरताको गाथा " को छायांकन सुरु

सोमवार, श्रावण २५ २०८३११:१२

काठमाडौं । पृथ्वीनारायण शाहले थालेको नेपाल एकीकरण अभियानदेखि सुगौली सन्धीसम्मको इतिहासलाई चलचित्रमार्फत प्रस्तुत गर्ने उद्देश्यले लघु चलचित्र **‘नेपाली वीरताको गाथा’**को छायांकन सुरु भएको छ।

रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति तथा रिमेश अधिकारीको परिकल्पना, निर्माण र निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन सोमबारदेखि नेपाली सेनाको मुख्यालयस्थित पृथ्वीनारायण पुस्तकालयबाट सुरु गरिएको हो। चलचित्र निर्माणमा नेपाली सेनाको विशेष सहयोग रहेको जनाइएको छ।

निर्माता तथा निर्देशक अधिकारीका अनुसार करिब ६ महिनाको खोज तथा अनुसन्धानपछि पटकथा तयार पारिएको हो। कलाकारहरूलाई कार्यशालामार्फत तयारी गराएर छायांकन थालिएको उनले बताए।

चलचित्रमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसहित रामचन्द्र अधिकारी, रिमेश अधिकारी, विशाल पहारी, पुकार भट्टराई, पुष्कर भट्ट, भावना गुरुङ, स्नेहा जोशी, इशान बिजु श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ। नेपाली सेनाका कलाकारहरूको समेत सहभागिता रहने जनाइएको छ।

चलचित्रमा आधुनिक भिएफएक्स प्रविधिको प्रयोग गरिनेछ भने भदौको अन्तिम साता विशेष प्रिमियर गर्ने तयारी छ। विश्वका विभिन्न चलचित्र महोत्सव तथा अवार्डमा सहभागी गराउने लक्ष्यसमेत राखिएको निर्माण पक्षले जनाएको छ।

नेपालको इतिहासलाई दस्तावेजीकरण गर्दै विद्यार्थीका लागि शैक्षिक सामग्रीका रूपमा समेत उपयोगी बनाउने उद्देश्यले चलचित्रलाई देशभरका विद्यालय तथा कलेजसम्म पुर्‍याउने योजना रहेको निर्देशक अधिकारीले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij