२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

कप्तानगञ्जमा प्रहरीको गोली लागेका थप एक घाइतेको मृत्यु

मंगलवार, श्रावण १९ २०८३१२:२७

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

१० साउन राति गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको मंगलबार बिहान काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले रवीन्द्रको मृत्यु भएको पुष्टि गरे ।

यसअघि सोही घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो भने देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

रवीन्द्रको बायाँ तिघ्रामा गोली लागेको थियो । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो । उपचारका क्रममा उनको बायाँ खुट्टा काटिएको भए पनि स्वास्थ्यमा सुधार आउन नसक्दा उनको मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij