२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

साहित्यकार तथा गायिका उमा श्रेष्ठको कृति ‘मौन छ देश’ र तीज गीत ‘या माया लाउँछौ कि एतै’ सार्वजनिक

आइतवार, श्रावण १७ २०८३०१:४५

काठमाडौं । साहित्यकार, गायिका तथा समाजसेवी उमा श्रेष्ठको पहिलो साहित्यिक कृति ‘मौन छ देश’ र तीज गीत ‘या माया लाउँछौ कि एतै’ एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

वरिष्ठ गीतकार तथा साहित्यकार चुडामणि देवकोटाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उमा श्रेष्ठको साहित्यिक यात्रा र सांगीतिक सिर्जनाको औपचारिक शुभारम्भ गरिएको हो।

देश सेवामा लामो समय समर्पित रहेकी श्रेष्ठले ३८ वर्ष निजामती सेवामा योगदान दिई अवकाश प्राप्त गरेकी हुन्। सेवा निवृत्तिपछि पनि उनी साहित्य, संगीत तथा विभिन्न सामाजिक संघसंस्थामार्फत सक्रिय रहँदै आएकी छन्। उनी दुई दर्जनभन्दा बढी विभिन्न संघसंस्थासँग आबद्ध भएर सामाजिक तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी छन्।

उमाको आफ्नै शब्द तथा संगीत रहेको तीज गीत ‘या माया लाउँछौ कि एतै’ मा उनको स्वरका साथै राष्ट्रगायक सुमित खड्काको स्वर रहेको छ। गीतको रेकर्डिङ 7th स्टुडियो मा गरिएको हो भने मिक्सिङ तथा मास्टरिङ निरज श्रेष्ठले गरेका छन्।

गीतको अडियो तथा भिडियो निर्माण ‘उमा अन द वे’ मार्फत गरिएको हो। भिडियोको निर्देशन तथा कोरियोग्राफी देवेन्द्र कुँवरले गरेका छन्। भिडियोमा निरीक्ष्या श्रेष्ठ र गोविन्द थापाको अभिनय रहेको छ। भिडियो सम्पादन तथा कलरिङ विश्वाराम खड्काले गरेका हुन्।

समारोहमा बोल्दै उपस्थित साहित्य तथा संगीत क्षेत्रका व्यक्तित्वहरूले उमा श्रेष्ठको सिर्जनात्मक यात्राको प्रशंसा गर्दै साहित्य र संगीतमार्फत समाजका भावना र आवाजलाई प्रस्तुत गर्ने उनको प्रयास महत्वपूर्ण रहेको बताएका थिए।

‘मौन छ देश’ मार्फत साहित्य क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठले आफ्नो सांगीतिक सिर्जनाबाट पनि नेपाली कला क्षेत्रमा नयाँ पहिचान निर्माण गर्ने विश्वास व्यक्त गरेकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
1
U
Uma Shrestha
2 months ago
खुशी लाग्यो धन्यवाद 🙏
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij