२०८३, श्रावण ११ गते

सोमवार, श्रावण ११ गते २०८३

‘मिसेस तामाङ २०२६’ को पाँचौँ संस्करण हुँदै: आवेदन फारम र प्रशिक्षण पूर्ण रूपमा नि:शुल्क

बिहिवार, आषाढ १८ २०८३०४:२५

काठमाडौँ । तामाङ समुदायका विवाहित गृहिणी तथा व्यावसायिक महिलाहरूमा रहेको प्रतिभा, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ सौन्दर्य प्रतियोगिता ‘मिसेस तामाङ २०२६’ (Mrs. TAMANG 2026 Season- 5) को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आयोजकका अनुसार यस वर्षको ‘ग्रान्ड अडिसन’ छिट्टै नै सुरु हुँदैछ।

एस.के. इन्टरटेनमेन्ट (SK Entertainment) को प्रस्तुतिमा आयोजना हुन लागेको यो प्रतियोगिता पूर्ण रूपमा नि:शुल्क (FREE) रहनेछ। प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आकांक्षीहरूका लागि आवेदन फारमदेखि प्रशिक्षणसम्मको सम्पूर्ण व्यवस्था नि:शुल्क गरिएको आयोजक तथा वरिष्ठ महिला समाजेवी शान्ता कुमारी तामाङ्गले जनाएका छिन । व्यावसायिक सौन्दर्य प्रतियोगिताहरूमा हुने चर्को शुल्कका कारण प्रतिभावान महिलाहरू अवसरबाट वञ्चित नहुन् र सबैले समान अवसर पाऊन् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो।

तामाङ कला र संस्कृतिको संरक्षण अभियान
नेपालको बहुभाषिक एवं बहुसांस्कृतिक विशेषतालाई समेट्दै तामाङ जातिको कला, संस्कृति, भेषभूषा, रीतिरिवाज र रहनसहनलाई विवाहित महिलाहरूमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन गर्नु यस प्रतियोगिताको मुख्य उद्देश्य हो। आधुनिकताको प्रवाहमा नयाँ पुस्ता आफ्नो मौलिक संस्कृतिबाट टाढिँदै गएको अवस्थामा यो प्रतियोगिताले आफ्नो जरा र पहिचानसँग जोड्ने तथा महिलाहरूलाई बौद्धिक र सांस्कृतिक रूपमा सबल बनाउने कार्य गर्दछ। यसअघि आयोजित संस्करणहरू निकै सफल भइसकेका छन्, जसमा सन् २०२३ को 'मिसेस तामाङ विजेता' सरिता तामाङ (Sarita Tamang) बन्नुभएको थियो।

अन्तर्राष्ट्रिय कोरियोग्राफर र उत्कृष्ट व्यवस्थापन
विगतका संस्करणहरू झैँ यस पटक पनि कार्यक्रमको इभेन्ट अर्गनाइजर (Event Organizer) को रूपमा शान्ता के. तामाङ (Shanta K. Tamang) रहनुभएको छ। धादिङको खनियाँवास गाउँपालिका–३ मा जन्म भई हाल काठमाडौँको बालुवाटारमा बसोवास गर्दै आउनुभएकी तामाङ (नेपाली कांग्रेसकी युवा नेत्री एवं युवा पर्यटन व्यवसायी) ले विगत लामो समयदेखि ‘मिस तामाङ’ र ‘मिस इण्डिजिनियस’ जस्ता प्रतियोगिताहरू समेत सफलतापूर्वक आयोजना गर्दै आउनुभएको छ।

हाल असहायः दीनदुखीको सेवामा तल्लिन  तथा अपाङ्ग र वृद्धवृद्धाहरूको सेवामा सक्रिय रहनुभएकी उहाँले राजनीति, सौन्दर्य प्रतियोगिता र समाजसेवालाई एकअर्काको पूरक मान्दै आफ्नो जीवन महिला सशक्तीकरणमा समर्पित गर्ने लक्ष्य राख्नुभएको छ।

त्यसैगरी, प्रतियोगीहरूलाई उत्कृष्ट प्रशिक्षण दिनका लागि नेपालका प्रतिष्ठित एवं अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य (Rojin Shakya) मुख्य कोरियोग्राफरका रूपमा आबद्ध हुनुहुन्छ। छनोटमा परेका प्रतियोगीहरूलाई १ महिना (३० देखि ३५ दिन) सम्म उत्कृष्ट बन्द सत्र प्रशिक्षण दिइनेछ। नि:शुल्क रूपमा प्रदान गरिने यस प्रशिक्षणका क्रममा प्रतियोगीहरूले व्यक्तित्व विकास, फेसन, स्टेज प्रिजेन्स, मेकअप आत्मविश्वास निर्माण, पब्लिक स्पिकिङ, फोटोशुट र मुख्यत: तामाङ सांस्कृतिक कला, प्रस्तुति तथा संस्कारका विषयमा विशेषज्ञहरूद्वारा विशेष तालिम प्राप्त गर्नेछन्।

विजेताहरूले पाउने विभिन्न अवसरहरू
ग्रान्ड फिनालेमा उत्कृष्ट प्रदर्शन गर्ने विजेताहरूले आकर्षक ताज, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसका साथै उनीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरूसँग आबद्ध हुने अवसर, मोडलिङ तथा मिडिया क्षेत्रमा व्यावसायिक गन्तव्य र आकर्षक पुरस्कारहरू प्राप्त गर्नेछन्। यस मञ्चमार्फत उनीहरूले आफ्नो समुदायको प्रतिनिधित्व गर्दै नेतृत्व विकास गर्ने र समाजमा स्थापित हुने अवसर पाउनेछन्। विगतका विजेताहरू हाल मोडलिङ, सञ्चार क्षेत्र, समाजसेवा, ग्ल्यामर उद्योग तथा विभिन्न व्यावसायिक क्षेत्रमा सफलतापूर्वक स्थापित भइसकेका छन्।

सम्पर्क र आवेदन
काठमाडौँको बालुवाटारस्थित एस.के. इन्टरटेनमेन्टको कार्यालयबाट सहभागिताका लागि आवेदन फारम प्राप्त गर्न सकिनेछ। प्रतियोगिता सम्बन्धी थप जानकारी तथा सोधपुछका लागि फोन नम्बरहरू ०१-४३८३७४५, ९८५१०७९७९७, ९७६३३१४८६५, र ९८४१३१३७८९ मा सिधै सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij