२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

सरकारकै हस्तक्षेपका कारण ‘एन्फा’ प्रतिबन्ध : केपी ओली

मंगलवार, आषाढ १६ २०८३०३:४१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकै हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धमा परेको आरोप लगाएका छन्।

मंगलबार नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विश्वकप फुटबल चलिरहेका बेला नेपाल भने प्रतिबन्धित हुनु दुःखद भएको बताए।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपालमाथि प्रतिबन्ध लगाएको घटनाप्रति दुःख व्यक्त गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले खेल क्षेत्रलाई प्रतिबन्धको अवस्थाबाट उन्मुक्त गराउन जरैदेखि सुधारको आवश्यकता औंल्याए।

‘यस्तो स्थितिलाई हामीले परिवर्तन गर्नैपर्छ, टुप्पामा मात्र परिवर्तन गर्न खोजेर हुँदैन,’ ओलीले भने, ‘यसलाई अलिक जरैदेखि र फेदैदेखि परिवर्तन गर्नुपर्छ, अनि मात्र वास्तविक सुधार सम्भव छ।’

अध्यक्ष ओलीले नेपाली खेलाडीहरूमा खेल कौशल मात्र नभई देशप्रतिको जिम्मेवारी र बलियो राष्ट्रिय भावना हुनुपर्नेमा जोड दिए। केवल खेल खेल्ने मात्र नभई देशको अवस्था र प्रतिष्ठा बुझ्ने सचेत खेलाडी उत्पादन हुनुपर्ने उनको भनाइ थियो।

‘खेलाडीहरूमा देशभक्ति हुनैपर्छ, देशभक्ति नभएको खेलाडी वास्तविक खेलाडी हुन सक्दैन,’ उनले थपे। नेपाल खेलकुद महासंघलाई देशभक्ति र राष्ट्रिय गरिमा बुझ्ने खेलाडीहरू उत्पादन गर्ने कार्यमा सफलता मिलोस् भनी शुभकामना दिए।

उनले उत्कृष्ट प्रदर्शनमार्फत अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने वातावरण सिर्जना गर्न सरकार हुनुपर्ने धारणा राखे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij