धनगढी। सुदूरपश्चिमको भाषा, संस्कृति र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार पारिएको डोटेली भाषाको नयाँ गीत ‘मिनाकुमारी’ छिट्टै सार्वजनिक हुने भएको छ। ए.एस. उडान फिल्म प्रोडक्सनको पहिलो प्रस्तुतिका रूपमा निर्माण गरिएको उक्त गीतको सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ।
‘जैल सम्म माइत रन्छ मिनाकुमारी, नत भयौं तमरी नत हमरी…’ बोल रहेको गीतको छायांकन सुदूरपश्चिमका विभिन्न रमणीय स्थानहरूमा गरिएको छ। निर्माण टिमका अनुसार छायांकनका क्रममा स्थानीय दर्शकले गीत गुनगुनाउँदै नाचगानमा सहभागिता जनाएको दृश्यले गीतप्रतिको उत्साह र आकर्षण झल्काएको थियो।
गीतमा चर्चित गायक दिलबहादुर बि.क. को स्वर रहेको छ। नेपाली तथा भारतीय सांगीतिक क्षेत्रमा सक्रिय रहेका उनले यसअघि पनि विभिन्न चर्चित गीतमार्फत आफ्नो छुट्टै पहिचान बनाइसकेका छन्।
ए.एस. उडान फिल्म प्रोडक्सनका मेनेजिङ डाइरेक्टर तथा सुदुरपश्चिमका पहिलो नायक अम्बिका प्रसाद आचार्य का अनुसार गीतलाई चाँडै विशेष कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ।
गीतको कथा तथा निर्देशन नरेश नागरी र केशव भाट ले संयुक्त रूपमा गरेका छन् भने निर्माणको जिम्मेवारी पनि केशव भाट ले सम्हालेका छन्। भिडियोमा केशव भाट र मनिषा सिंह ठकुरी मुख्य भूमिकामा देखिएका छन्। साथै सुदूरपश्चिमका पहिलो नायक तथा वरिष्ठ चलचित्रकर्मी अम्बिका प्रसाद आचार्य को अभिनय गीतको अर्को विशेष आकर्षण रहने निर्माण पक्षले जनाएको छ। भिडियोमा चूडामणि जोशी र मोहन भुसाल को पनि अभिनय रहेको छ।
गीतको छायांकन अनिल चौधरी ले गरेका हुन् भने लाइट व्यवस्थापन अनिक चौधरी ले सम्हालेका छन्। रेकर्डिङ द म्युजिक इरा स्टुडियो मा गरिएको हो भने संगीत संयोजन (एरेन्ज) कृष्ण बाजुरेली ले गरेका छन्।
आतिथ्य व्यवस्थापन श्री बागेश्वरी इन्टरप्राइजेज, धनगढी ले गरेको निर्माण पक्षले जनाएको छ। साथै केशवराज जोशी प्रति विशेष आभार व्यक्त गरिएको छ।
निर्माण पक्षका अनुसार ‘मिनाकुमारी’ दिलबहादुर म्युजिक प्रालि को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ। सुदूरपश्चिमको मौलिक भाषा, संस्कृति र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्यसहित निर्माण गरिएको गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने विश्वास गरिएको छ।
नेपाली संचार क्षेत्रमा वेग्लै पहिचान निर्माण गर्ने हेतु तथा सत्य, तथ्य, निश्पक्ष र ताजा समाचारहरु आम पाठकहरु समक्ष पस्कने पहिलो दायित्ववोध सहित स्थापना भएको प्याजेन्ट नेपाल नेटवर्कद्वारा संचालित सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको राष्ट्रखवर पत्रिकाको अनलाईन संस्करणwww.rastrakhabar.com तथा https://rastrakhabar.com.np/ बाट २४ सै घण्टा सूचनामूलक जानकारी प्रेषित गर्ने लक्ष्य बमोजिम स्थापना गरिएको छ । अतः यहांको सल्लाह,सुझावको अत्यन्त आवश्यकता हामीले महशुस गरेका छौ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३२ प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि
ठेगाना : नक्साल १,काठमाडौं
कर्पोरेट : गोकर्णेश्वर ५,काठमाडौ
फोनः ९८५१०३५८१५,९८०८८४०३६०
ईमेल : pageantnepal@gmail.com
प्रकाशक
प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि. प्रबन्ध निर्देशक
युवराज भण्डारी
प्रतिक्रिया दिनुहोस