२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिको विजयी, दक्षिण अफ्रिकालाई २–० ले हरायो

शुक्रवार, जेठ २९ २०८३०७:३७

फिफा विश्वकप फुटबल–२०२६ को उद्घाटन खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ।

मेक्सिको सिटीस्थित रंगशालामा गएराति सम्पन्न खेलमा मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गर्दै टोलीलाई जित दिलाए। खेलको नवौं मिनेटमा इरिक लिराको पासमा क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुमै दक्षिण अफ्रिकाका सेफेलो सिथोलले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो। त्यसको फाइदा उठाउँदै मेक्सिकोका जिमेनेजले ६७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए।

खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा झरेको थियो। अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले समेत रातो कार्ड पाएपछि उद्घाटन खेलमा कुल तीन खेलाडी मैदानबाट बाहिरिएका थिए।

जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले महत्वपूर्ण ३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। समूहकै अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij