२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

फिफाद्वारा २०२६ विश्वकपको पुरस्कार राशि बढाउने तयारी

सोमवार, बैशाख १४ २०८३०२:०१

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०२६ को विश्वकपमा सहभागी हुने ४८ टोलीका लागि पुरस्कार राशि बढाउने विषयमा राष्ट्रिय संघहरूसँग छलफल गरिरहेको जनाएको छ।

मंगलबार भ्यानकुभरमा हुने ७६औँ फिफा काउन्सिल बैठकमा यससम्बन्धी प्रस्ताव पेस गरिने बताइएको छ।

यसअघि डिसेम्बरमा फिफाले यस वर्षको विश्वकपको पुरस्कार राशि अघिल्लो संस्करणको तुलनामा ५० प्रतिशतले वृद्धि हुने जनाएको थियो, जसअनुसार कुल पुरस्कार राशि ७२७ मिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।

फिफाका अनुसार २०२३ देखि २०२६ सम्मको चार वर्षे चक्रमा करिब ११ अर्ब अमेरिकी डलर राजस्व नाघ्ने प्रक्षेपण गरिएको छ।

यसअघि तय गरिएको विवरणअनुसार विश्वकप विजेताले ५० मिलियन डलर र उपविजेताले ३३ मिलियन डलर प्राप्त गर्नेछन्। समूह चरण पार गर्न नसकेका १६ राष्ट्रले पनि ९ मिलियन डलर प्राप्त गर्ने व्यवस्था गरिएको छ।

२०२६ को फिफा विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij