२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

कर्णालीका दुई सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न सिफारिस

मंगलवार, बैशाख ८ २०८३०१:०४

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका दुई महत्वपूर्ण सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको बैठकले दैलेख हुँदै कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनाका रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा घोषणा गर्न राष्ट्रिय योजना आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए।

त्यसैगरी, जाजरकोटको ‘वडावन–सानाखोला सडक’लाई पनि प्रादेशिक प्राथमिकता आयोजनाका रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा सिफारिस गर्ने निर्णय गरिएको उनले बताए।

बैठकले ‘कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२’ समेत स्वीकृत गरेको प्रवक्ता शाहले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij