माल्दिभ्समा जारी साफ यू–२० पुरुष च्याम्पियनसिपअन्तर्गत शुक्रबार नेपाल आफ्नो तेस्रो खेलमा घरेलु टोली माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ।
मालेस्थित नेसनल स्टेडियममा खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
नेपालले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनलमा प्रवेश गरेको थियो।
आजको खेलमा नेपाल माल्दिभ्सलाई पराजित गर्दै समूह चरणको शीर्ष स्थान सुरक्षित राख्ने लक्ष्य राखेको छ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भुटानलाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।
प्रतिक्रिया दिनुहोस