२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा

मंगलवार, चैत्र १० २०८२०१:१४

कपिलवस्तुमा तीन दिनदेखि लगाइएको निषेधाज्ञा मंगलबार बिहानबाट हटाइएको छ। 

जनजीवन सामान्य बनेपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए। ‘विवाद साम्य भएको छ, शान्ति सुरक्षाको अवस्थामा सुधार आएको छ,’ घिमिरेले भने, ‘आज बिहान ९ बजेदेखि निषेधाज्ञा हटाएका छौँ।’

चैत ७ गते चर्को आवाजमा भवन गरेको विषयलाई लिएर स्थानीय बासिन्दाबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा दुई समुदायबीच झडपका भएको थियो। 

तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले चैत ७ गतेदेखि दिउँसोदेखि नै निषेधाज्ञा जारी गरेको थियो। स्थायी नियन्त्रणमा लिन तीन दिनसम्म निषेधाज्ञा यथावत राखिएको थियो। 

आज बिहान निषेधाज्ञा हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। महाराजगन्ज नगरपालिका–२, वरदवा क्षेत्रका बजार व्यवसाय खुल्न थालेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij