२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

रुपन्देही–२ : रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता,विष्णु पौडेलले ८५४ मत पाए

शुक्रवार, फाल्गुण २२ २०८२०७:४८

रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता बनाएका छन्।

बुटवल–१ र तिलोत्तमा–१ को मतगणना सम्पन्न हुँदा कुल ५ हजार ९४२ मत गणना भएको छ। प्राप्त मतपरिणाम अनुसार घण्टी चुनाव चिह्नबाट उम्मेदवार बनेका खरेलले ४ हजार ७२ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्।

त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८५४ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्माले ५०४ मत प्राप्त गरेका छन्।

यसैगरी अन्य उम्मेदवार तारा विश्वदीप पाण्डेले ४३ मत प्राप्त गरेका छन्। रुपन्देही क्षेत्र नम्बर दुईमा ८६ हजार ७१५ मत खसेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij