२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

मुख्यमन्त्री बानियाँले सोमबार विश्वासको मत लिने

शुक्रवार, श्रावण २३ २०८२०२:२७

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी सोमबार विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्री बानियाँले सभामुख भुवनकुमार पाठकलाई आग्रह गरिसकेका छन्।

नेकपा (एमाले) को समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँ गत मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन छ ।

मुख्यमन्त्री बानियाँले विना विभागीय मन्त्री सहित कांग्रेसका २ र एमालेका ६ मन्त्री सरकारमा सहभागी गराएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij