२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने

आइतवार, श्रावण १८ २०८२१०:२१

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पदबाट राजीनामा दिने भएका छन्। लामाले राजीनामा दिएपछि नेपाली कांग्रेस बागमती, प्रदेश संसदीय दलमा नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने भएका छन्।

मन्त्रीहरुले पदबाट राजीनामा दिएर संसदीय दलमा अविश्वासको प्रास्तव दर्ता गरेपछि लामा समस्या थिए। अविश्वासको प्रस्ताव पारित भएर संसदीय दलको नेता पद गुमाएका लामाले मुख्यमन्त्रीबाट भने राजीनामा नदिने अडान राखेका थिए। यद्यपि पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाको सल्लाह र निर्देशन पछि लामा राजीनामाको लागि तयार भएका हुन्।

मन्त्रीहरुले राजीनामा दिएपछि लामाले आफ्ना समर्थक ३ जना सांसदलाई मन्त्रीमा नियुक्त गरे तर, ति मन्त्रीहरुले सपथ लिनै पाएनन्। अचानक बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएपछि सपथ ग्रहण कार्यक्रम नै स्थगित गरिएको थियो। उनले नियुक्त गरेका ३ जना मन्त्रीहरुलाई बानियाँ नेतृत्वको सरकारमा पनि सहभागी गराउने सर्तमा लामा आफू बाहिरीन तयार भएका हुन्।

देउवासँग शनिबार बुढानीलकण्ठमा भएको छलफलमा लामाले आफूद्वारा नियुक्त धादिङमा सांसद गोबिन्द लम्साल, चितवनका सांसदहरु गिता गुरुङ र माया लामालाई मन्त्रीमा नियुक्त गर्ने सर्तमा राजीनामा दिन तयार भएका हुन्।

मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा बानियाँसँग पराजित भएका थिए। दलको नेतामा हार बेहोरेपछि उनलाई पार्टीभित्रबाट राजीनामा दिन दबाब बढेको थियो।

देउवाले शुक्रबार लामालाई निवासमा बोलाएर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। शनिबारको छलफलमा बानियाँ, लामा र लामाको पक्षमा रहेका १४ जना सांसद सहभागी थिए। छलफलमा पार्टीभित्रको विभाजनलाई मिलाएर अघि बढ्ने विषयमा पनि सहमति भएको लामाको सचिवालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij