२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पूर्व मेयर शिवाकोटी पक्राउ

मंगलवार, मंसिर २५ २०८१०९:३६

बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख (मेयर) ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।

बिर्तामोड–५ स्थित आफ्नै घरमा घरेलु कामदारको रुपमा राखेकी १७ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा पूर्व नगर प्रमुख शिवाकोटी पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीबाट प्रतिनिधित्व गर्दै उनी बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij