२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट

बिहिवार, मंसिर २० २०८१०९:१४

मानव तस्करीको आरोप लागेका नेकपा एमाले नेता एवम् कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उक्त रिट दर्ता गराएका हुन् । सुरुमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको उक्त मुद्दा बेन्चको आदेशपछि दर्ता भएको छ ।

उक्त मुद्दामा आगामी आइतबारका लागि पेशी तोकिएको छ । ‘रिट दर्ता भयो । आइतबारका लागि पेशी तोकिएको छ,’, वरिष्ठ अधिवक्ता त्रिपाठीले भने ।

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी आफूसँग असम्बन्धित मान्छेलाई जापानको एक कार्यक्रममा गएको घटना बाहिरिएको थियो ।

तत्कालीन मन्त्री अधिकारीसँग जापान पुगेका तीनजनाले कोशी प्रदेश सरकार कानुन मन्त्रालयको परिचयपत्र लगेका थिए । जापानको अध्यागमन विभागले तत्कालीन मन्त्री अधिकारीसहित ४ जनालाई डिपोर्ट गरिदिएको थियो ।

चौतर्फी आलोचना र दबाबपछि उनले मन्त्री पद छाडेका थिए । त्यसपछि एमालेले पनि निलम्बन गरेको थियो ।

गत कात्तिक २५ गते पक्राउ गरेका अधिकारीलाई सरकारी वकिलको कार्यालय काडमाडौंले मुद्दा नचलाउने निर्णय गरेको थियो ।

पूर्वमन्त्री अधिकारी जोडिएको उक्त घटनामा ११ जनाविरुद्ध मुद्दा दायर भएको थियो। जसमा मन्त्री अधिकारीलाई उन्मुक्ति दिँदा तीजना जेल चलान भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij