२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

युवा नेता राकेश यादवको पहलमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

शनिवार, आषाढ १६ २०८१०६:४०

कांग्रेसका युवा नेता राकेश यादवको पहलमा एक बिद्यालयमा अध्यनरत बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरिएको छ ।

पर्साको बहुदरमाइ नगरपालिका अध्यक्षको प्रत्याशी समेत रहेका नेता यादवको विशेष पहलमा साल्ट ट्रेडिङ कर्पोरेसन लि। काठमाडौले सहयोग गरेको ब्याग सोही पालिका स्थित रहेको श्री सरस्वती प्राथमिक बिद्यालयमा अध्यनरत दलित,जेहन्दार तथा गरिब बालबालिकालाई ब्याग वितरण गरिएको हो ।

बिद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि अभिभावक र विद्यार्थीहरुको संयुक्त उपस्थितिमा ब्याग वितरण गरिएको एक स्थानिय ले बताए । युवा नेता यादवले यस कार्यक्रमलाई पालिका स्तरमा गर्ने योजना रहेको बताए ।

वितरण कार्यक्रममा मन्तव्य राख्दै स्थानीयहरुले अबको दिनमा पालिकाको चौतर्फी विकासका लागि यादवजस्तै युवाहरूको आवश्यकता रहेको र आउने दिनमा यस्तै युवाहरूलाई जिताउनुपर्नेमा जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij