२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

झापाको बेलडाँगी शरणार्थी शिविरमा आगलागी : तीन वटा छाप्रा जले

आइतवार, पौष ८ २०८०१२:४१

झापा दमकमा रहेको भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । दमक–३ को बेलडाँगी भुटानी शरणार्थी शिविरमा बिहान तीन बजेतिर भएको आगलागीमा तीन वटा छाप्रा जलेका छन्।

शरणार्थी शिविर सेक्टर–सी फोर बस्ने भीमबहादुर घिमिरेको बाँसको टाटी तथा टिनको छाना भएको घरमा आगो लागेको र सँगै रहेका अरु दुई वटा छाप्रा समेत जलेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

आगलागीबाट लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको छ । दमक नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij